रुपाको ठकुरी बस्तीमा निशुल्क आँखा शिविर, १ सय ३७ जना लाभान्वित

पाेखरा | जेठ ७, २०८१

रुपाको ठकुरी बस्तीमा निशुल्क आँखा शिविर, १ सय ३७ जना लाभान्वित

पोखरा:     कास्कीको रुपा गाउँपालिका–४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लब र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरि १३७ जनाले लाभ प्राप्त गरेका छन् ।


हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरि आँखाको हिफाजतबारे जानकारी गराए ।


कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवम्  प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर संचालन गरेकोमा बधाई शुभकामना दिदै रुपामा क्लब, समुहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नु पर्ने बताए ।


उनले युवा क्लवहरु प्रायः सामान्य खेलकुद सामाग्री, महिला समुहहरु भाँडाकुडा मात्र माग गर्ने गरेका बताए । स्वस्थ आँखा भयो भने झिलिमिली सन्सार हेर्न मात्र होइन दैनिक कामकाजमा सहज हुन्छ भन्दै रुपा मै क्लबद्वारा आयोजना गरिएको आँखा शिविर दोस्रो पटक भएको समेत बताए ।


विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो ।


दर्शन फाउण्डेशनका अध्यक्ष पितम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्